Company Detail

Chaukune Rural Municipality
Chaukune Rural Municipality
Member Since, Jul 28, 2024
Gutu, Surkhet
Login to View contact details
Login

About Company

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु  मिलेर बनेको हो । चौकुने गाउँपालिकाको अक्षांश २८० ४४’ २५’’ उत्तर देखि २८० ५८’ ४१’’ उत्तर सम्म र देशान्तर८०० ५८’ ५७’’ पूर्व देखि ८१० २१’ १५’’ पूर्व सम्म फैलिएको छ ।  यस गाउँपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २५ हजार २ सय ४० जना रहेकोमा १२ हजार २ सय १४ जना पुरुष र १३ हजार २६ जना महिला रहेका छन् । यसको  क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि  रहेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन् । यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन,र्‍याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ । यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ । बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ । साविकको गुटुगा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. ६ मा रहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0