Company Detail

Hima Rural Municipality
Hima Rural Municipality
Member Since, Jul 26, 2024
Jumla, Karnali
Login to View contact details
Login

About Company

कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुइजना ब्रम्हचारीहरूले वस्ती बसाइ कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पाइनेछ । यातायात, संचार र आधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ  । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे ऐतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल  राजपत्रमा मिति २०७३/११/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भइ यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे  । साविकका बड्की, कालिकाखेतु  र महावैपाथरखाेला गाविस समाहित भइ हिमा गाउँपालिकाकाे गठन भएकाे छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0