Company Detail

विज्ञापन बोर्ड
विज्ञापन बोर्ड
Member Since, Jul 26, 2024
Login to View contact details
Login

About Company

वस्तु वा सेवाकोबजार प्रवर्द्धन वा बिक्री, वितरणगर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारको लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्ने मूल उद्धेश्यका साथ विज्ञापन नियमन गर्ने सम्बन्धमा ब्यवस्था गर्न विज्ञापन (नियमन गर्ने) ऐन, 2076 र विज्ञापन (नियमन गर्ने) नियमावली, 2077 को व्यवस्था गरिएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले विज्ञापनको नियमन सम्बन्धी काम गर्नका लागि एक विज्ञापन बोर्ड गठन हुने ब्यबस्था गरेको र गठित बोर्डको निम्नानुसारका काम, कर्तब्य र अधिकार रहने ब्यवस्था गरेको छ :–

  (क) विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने,

  (ख) सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने,

  (ग) विज्ञापन उत्पादनप्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने,

(घ) मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माण गरी  प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने,

  (ङ) नभए वा नगरेको कुराको भ्रम फैलाउनेउत्तेजना फैलाउनेअमर्यादितभेदभावजन्य वा यस ऐन   विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने,

  (च) विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको  अनुगमन गरी कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्ने,

  (छ) नेपाल सरकारविज्ञापन एजेन्सीविज्ञापनदातासञ्चारमाध्यम तथा सरकारी निकायबीच   समन्वय गर्ने,

  (ज) विज्ञापन व्यवसाय र व्यवसायीको योग्यता र क्षमता विकास गर्नका लागि आवश्यक   कार्यक्रमसञ्चालन गर्न मन्त्रालयमा सिफारिस गर्ने,

  (झ) उपभोक्ता सजगता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेगराउने,

  (ञ) विज्ञापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने,

  (ट) विज्ञापन उत्पादकनिर्मातावितरक वा प्रसारकलाई आवश्यक निर्देशन दिने,

  (ठ) सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलव्ध गराईने सार्वजनिक हित सम्बन्धी सबै  विज्ञापन तोकिएको आधारमा बोर्ड मार्फत समानुपातिक रुपमा वितरण गर्ने ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0