आशय पत्र (EOI) सम्बन्धी सूचना - SOSEC Nepal

Published Date: 2024-09-19
Login to View Salary

Job Detail

  • Location:
    Dailekh, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Sep 25, 2024
  • Company Overview

    Narayan Municipality -1, Devkota Chowk, Dailekh

    Contact Social Service Centre (SOSEC) Nepal Centre Office: Narayan Municipality -1, Devkota Chowk, Dailekh  Tel +977 89-410187/410096 – fax +977 89-410093 Bal Helpline 1098/089-410222/9858036222   -097-440344/9858088222 SOSEC Kathmandu:-01... Read More

    Job Description

    आशय पत्र (EOI) सम्बन्धी सूचना

    सूचना प्रकाशित मिति: २०८१/०६/०२ गते

    सोसेक नेपाल, नेपाल अधिराज्यको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध वकालत, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र जिवन उपयोगी शिक्षा र (च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

    यसै सन्दर्भमा CBM Global Nepal को आर्थिक सहयोगमा सोसेक नेपाल द्वारा सञ्चालित हातेमालो परियोजनाको  Base Line Survey गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित मितिले ०७ (सात) दिन भित्र संस्थाको procurement@ sosec.org.np मार्फत निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाण पत्र, Fact Sheet तथा आशय पत्र बुझाउनु हुन अनुरोध गरिन्छ  ।

    Please find the link of  TOR detail information

    संयोजक

    खरिद समिति

    सोसेक नेपाल

    फोन: ०८९ ४१०१८७/४१००९६

    इमेल: procurement@sosec.org.np

    x +