कर्मचारी आवश्यकता सम्बन्धी सूचना - Social Awareness Center SAC Nepal

Published Date: 2024-10-18
Login to View Salary

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Positions:
    2
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Oct 24, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    (प्रथम पटक प्रकाशित मिति: २०८१।०७।०२)

    समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, अपाङ्गता/विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाका विभिन्न स्थानीय तहहरुमा कार्य गर्दै आइरहेको छ । 

    यसै सन्दर्भमा लेकवेशी नगरपालिकाको समन्वय, हेल्भेटास नेपालसंगको साझेदारीमा खानेपानी योजनाको सुचारुपना अभिबृद्धिका लागि अनुगमन तथा मर्मतसंभार प्रणालीमा सुधार (हेलो धारा) परियोजना लेकवेशी नगरपालिका, सुर्खेतमा एवम् विभिन्न स्थानीय तहसंगको समन्वय र हेल्भेटास नेपालको साझेदारीमा सञ्चालन भइरहेको एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा गरी रिक्त हुन आएका तपसिल बमोजिमका पदहरुमा कर्मचारी आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आव्हान गरिन्छ । 

    विज्ञापन नं.: १०।२०८१।०८२ 

    पद: सुचारुपना तथा मर्मतसंभार संयोजक (Functionality and Maintenance Coordinator)

    आवश्यक संख्या: १ जना 

    कार्यक्रम: हेलो धारा

    कार्यस्थल: लेकवेशी नगरपालिकाको कार्यालय, सुर्खेत (नियमित रुपमा फिल्ड जानुपर्ने) 

    आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता 

    • सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह उत्तीर्ण गरी कम्तीमा १ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रसहित कम्तीमा २ वर्षको कार्यअनुभव भएको । 
    • कम्प्युटर एपमार्फत मर्मतसंभार योजनाको लागत स्टिमेट तयार गर्न सक्ने । 
    • स्थानीयस्तरमा कार्यक्रम व्यवस्थापनमा अनुभव, ज्ञान र सिप भएको 
    • नेपाली तथा अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने, संस्थाको तर्फबाट कार्यक्रमका लागि आवश्यक पर्ने सबै खालका प्रतिवेदनहरु लेखन गर्न सक्ने सिप भएको, लेखन प्रस्तुति कौशल भएको र स्थानीय सरकार तथा सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्न सिप भएको । 
    • Word, Excel, Power Point, तथ्यांक विश्लेषण तथा मानव संशाधन व्यवस्थापनमा सिप र ज्ञान भएको ।  
    • इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।

    मुख्य कार्यहरु र जिम्मेवारी: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण मा रहेको छ ।

    https://sacnepalsurkhet-my.sharepoint.com/personal/tacharya_sacnepal_org_np/Documents/Desktop/Staff%20Selection%20IWRMP+HD/कार्य%20विवरण_Funtionality%20and%20Maintenance%20Coordinator%20and%20Service%20provider.docx

    विज्ञापन नं.: ११।२०८१।०८२ 

    पद: प्राविधिक सहजकर्ता (Technical Facilitator)

    कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम 

    आवश्यक संख्या: १ जना 

    कार्यस्थल: कार्यक्रमको कार्यक्षेत्र रहेका ५ वटा स्थानीय तहमध्ये कुनै १ स्थानीय तह (फिल्डवेश) 

    आवश्यक शैक्षिक योग्यता तथा अनुभव  

    • सिभिल इजिनियरिङ्ग विषयमा टिएसएलसी वा प्रिडिप्लोमा तह उत्तीर्ण गरी १ वर्ष वा प्लम्बिङ्ग ट्रेड लेभल १ तह उत्तीर्ण गरी २ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा कार्य अनुभव भएको । 
    • आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान तथा चलाउन सक्ने सिप भएको । 
    • खानेपानी योजनाको निर्माण तथा मर्मतसंभार सम्बन्धी अनुभव भएको ।
    • भएको डिजाइन स्टिमेट हेरी निर्माण कार्य गर्न गराउन सक्ने । 

    मुख्य कार्य र जिम्मेवारी तथा कार्यविवरण: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण तलको Link मा रहेको छ । 

    https://sacnepalsurkhet-my.sharepoint.com/personal/tacharya_sacnepal_org_np/Documents/Desktop/Staff%20Selection%20IWRMP+HD/Technical%20Facilitator-JD-TOR.docx

    उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको (सबै पदका लागि) 

    पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार तथा कार्यक्रममा भएको व्यवस्था बमोजिम

    प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ । 

    दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित दरखास्त दिन सकिनेछ । दरखास्त vacancysac1995@gmail.com मा इमेल मार्फत वा सोझै संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका वा रितपूर्वक पेश नभएका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार तथा अनुचित आर्थिक लेनदेन रोक्नका लागि संस्थाको सम्बन्धित नीतिहरुसहित साझेदार संस्थाको नीतिहरुप्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहलाई मात्र लिखित तथा मौखिकसहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

    आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८१।०७।०८ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ । 

    थप जानकारीका लागि

    समाज जागरण केन्द्र (स्याक) नेपाल

    वीरेन्द्रनगर, सुर्खेत

    फोन नं. ०८३ ५२१२८२

    इमेल: info@sacnepal.org.np

    x +