प्रकाशित मिति:२०८१/०२/०२
नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा महिला र किशोरीको सशक्तिकरण मार्फत नेपालमा लैङ्गिक समानतामा योगदान गर्न ‘शसक्त महिला र सम्बृद्ध नेपाल’ नामक परियोजना सञ्चालन भैरहेको छ । मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशको क्रमश धनुषा, पर्सा, सिरहा, सप्तरी, सुर्खेत, दैलेख, कालिकोट, कञ्चनपुर र डोटी जिल्लामा सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसंघीय जनसङ्ख्या कोष, राष्ट्रसंघीय बाल कोष र यूएन वुमन को प्रत्यक्ष सहयोग रहनेछ ।
यूएनएफपीएको सहयोग र सहकार्यमा सीएमसी–नेपालले यस परियोजना कार्यान्वयनको लागि कालिकोटको खाँडाचक्र नगरपालिका र जिल्ला अस्पताल, कालिकोट सँग सहकार्य गरि लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन केन्द्र र समुदायमानै गई स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने काममा प्राविधिक सहयोग पुर्याउँदछ । खाडाचक्र नगरपालिकामा मे २०२४ देखि जुन २०२७ सम्म सञ्चालन हुने यस परियेजनामा खाडाचक्र नगरपालिका, कालिकोट रहेर काम गर्ने तपसील बमोजिमको कर्मचारी आवश्यक परेकोले योग्यता पुगेका ईच्छुक नागरिकबाट निवेदन आह्रान गरिएको छ ।
पदः मामला ब्यवस्थापकः २ जना (महिला)
कामको मूख्य जिम्मेवारीः