कर्मचारी आवश्यकता सम्बन्धी सूचना - Hilly Region Development Campaign (HRDC), Jajarkot

Published Date: 2024-08-26
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    3
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Sep 03, 2024
  • Company Overview

    Jajarkot

    Introduction Welcome to HRDC Jajarkot ! To uplift of the backward communities who are out of the mainstream of development and the intense aspiration to mainstream them has led to establish one civil society organization. Hilly Region Developme... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    (प्रथम पटक सूचना प्रकाशित मिति: २०८१ भदौ १० गते तद्अनुसार २६ अगष्ट २०२४)

    एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, अछाम र रुकुम पश्चिम जिल्लाहरूमा स्थानिय साझेदार संस्थाहरूद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन गरिदै आइरहेको छ । जाजरकोट जिल्ला र रुकुम पश्चिमका लागि साझेदार संस्था पहाडी क्षेत्र बिकास अभियान (HRDC) जाजरकोटलाई तपशिल बमोजिम पदमा कर्मचारीहरू आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।

    क) पद: कार्यक्रम संयोजक - १ जना

    कार्यस्थल: क्लस्टर वा जिल्ला कार्यालय

    सुपरिवेक्षक: कार्यकारी निर्देशक

    मुख्य कार्यहरु र जिम्मेवारी:

    स्थानीय साझेदार संस्थाको कार्यक्षेत्रमा सञ्चालित योजना तथा अन्य क्रियाकलापहरूको योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने , अनुगमन र प्रतिबेदन व्यवस्थापन गर्ने  जस्ता समग्र कार्यमा  कार्यक्रम संयोजकको मुख्य जिम्मेवारी रहनेछ साथै कार्यक्रम  संयोजकले स्थानीय स्तरमा गाउँ तथा नगरपालिका, खानेपानी कार्यालय, विद्यालय, खानेपानी उपभोक्ता समितीहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गर्दै योजना तथा क्रियाकलापहरूको कार्यान्वयन, अनुगमन र प्रदिबेदन तयार गर्ने  मुख्य जिम्मेवारी कार्यक्रम संयोजकको  हुनेछ  । कार्यक्रम कार्यान्वयनका लागि साझेदार संस्थामा कार्यरत कर्मचारीहरूको नेतृत्व लिई कार्यक्रममा कार्यरत कर्मचारीहरूलाई नियमित मार्गनिर्देशन गर्ने, परिचालन  गर्ने तथा निरीक्षण गर्ने जिम्मेबारी  समेत कार्यक्रम  संयोजक को हुनेछ । विस्तृत कार्य विवरण तल उल्लेख गरिएको छ ।

    • कार्यकारी निर्देशकको सहयोग र पालिका वास अधिकृतको समन्वयमा वार्षिक कार्यक्रम कार्ययोजनाको बारेमा अभिमुखीकरण गर्ने र सो अनुसार विभिन्न योजना तथा क्षेत्रमा कर्मचारीहरूको कार्यविभाजन सहित परिचालन गर्ने ।
    • योजना तथा अन्य क्रियाकलापहरूको योजना तर्जुमा गर्ने, सम्भाव्यता अध्ययन तथा विस्तृत योजना सर्वेक्षणका लागि आवश्यक समन्वय गर्ने ।
    • खानेपानी तथा सरसफाइ योजनाहरूको विस्तृत डिजायन लागत तयार गर्ने र सोको  लागत अनुमान स्वीकृति प्रक्रियाकालागि सहजिकरण गर्ने र कार्यान्वयन तथा पुर्ब पश्च्यातका क्रियाकलापहरूमा संलग्न फिल्ड संयोजक, सब इन्जिनियर र प्राविधिक सहजकर्तालाई आबश्यक प्राबिधिक सहयोग उपलब्ध गराउने हुनेछ ।
    • योजना तयारी, कार्यान्वयन तथा निर्माण पश्चात  चरणका विभिन्न तालिमका कियाकलापहरू सञ्चालन गर्न  फिल्ड संयोजक, सब इन्जिनियर र प्राविधिक सामाजिक सहजकर्तालाई सहयोग सहजिकरण गर्ने गराउने ।
    • अधिकार प्राप्त नियामक निकायहरूमा खानेपानी योजनाहरू दर्ता गर्न खा.पा.उ.स. लाई आवश्यक सहयोग गर्दै योजनाको समाप्तिका समयसम्म दर्ताको सुनिश्चितता गर्ने ।
    • विभिन्न क्रियाकलाप कार्यान्वयनका लागि  नियमित कर्मचारी बैठक सञ्चालन गर्न  कार्यकारी निर्देशकलाई सहयोग गर्ने । 
    • अधिकार प्राप्त नियामक निकायहरूमा खानेपानी योजनाहरू दर्ता गर्न खा.पा.उ.स. लाई आवश्यक सहयोग गर्दै योजनाको समाप्तिका समयसम्म दर्ताको सुनिश्चितता गर्ने ।
    • स्थानीय उपभोक्ता समिती, संस्था र समुदायहरूको क्षमता विकासका लागि नगर तथा गाउँपालिका तथा योजनास्तरमा आयोजना गरिने विभिन्न अभिमुखीकरण, तालिम तथा गोष्ठीहरूको कार्ययोजना तयार गर्दै तालिममा सहजिकरण गर्ने तथा आवश्यकता अनुसार टिमलाई सहयोग र समन्वय गर्ने ।
    • सरसफाइ एवं स्वचछताको  सूचकहरूको सुनिश्चित गर्न घरभेट, समूह छलफल तथा नियमित अनुगमनको प्रणालीको विकास गर्नुका साथै  समुदायलाई स्व अनुगमन मूल्याङ्कन विधि अवलम्वन गर्न लगाउने ।
    • योजना सञ्चालनको क्रममा अपनाइने विभिन्न चरण तथा खुड्किलाहरूको कार्यान्वयनमा निर्णायक भूमिकामा लैङ्गकता, सामाजिक समावेशीकरण तथा समुदायमा पछि परेका समुह तथा महिलाहरूको सार्थक सहभागिताको सुनिश्चितता गर्ने ।
    • सार्वजनिक सुनुवाई, समिक्षा र परीक्षणमा सहजिकरण गर्ने र सामुहिक जवाफदेहिता, पारदर्शिता र सुशासनको अभ्यास भएको सुनिश्चित गर्ने ।
    • नगरपालिका तथा गाउँपालिका समन्वय समिति वैठकहरुका लागि समन्वय गर्दै  सहभागिता जनाउने ।
    • नियमित रुपमा कार्यप्रगति समिक्षा गर्ने र नियमितरुपमा योजनाको अनुगमन मा सहभागी हुने ।
    • उपभोक्ता समितिलाई गरिने भूक्तानीको हकमा फिल्ड संयोजक वा  प्राविधिक सहजकर्ताले मुल्याकन गरेको नापजांचलाई चेक गर्ने र भूक्तानी प्रक्रियाका लागि काम कारबाही अगाडी बढाउने ।
    • सम्झौतामा उल्लेख गरिए अनुसार सञ्चालित क्रियाकलापहरूको त्रैमासिक प्रगति प्रतिवेदन (इ कपी) र वार्षिक प्रगति प्रतिवेदन पुस्तिकाको रुपमा (हार्डकपी) निर्धारित समयसिमा भित्र एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा पेशगर्न कार्यकारी निर्देशकलाई सहयोग गर्ने ।
    • कार्यक्रमको आवश्यकता अनुसार अन्य तोकिएका क्रियाकलापहरू सम्पन्न गर्ने ।

    आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

    • कार्यक्रम संयोजक पदका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा १ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा सहित जम्मा ३ बर्षको अनुभव भएको हुनु पर्ने छ ।
    • स्थानीय स्तरमा कार्यक्रम व्यवस्थापनमा अनुभव र ज्ञान र सीप भएको, नेपाली तथा अंग्रेजीमा साझेदार सस्थाको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण प्रतिबेदनहरू तयार गर्न सक्षम भएको, लेखन प्रस्तुति कौशल भएको र स्थानीय सरकार तथा सरोकारवालाहरूसँग  समन्वय  गर्ने सक्ने खुबी भएको ।
    • Word, Excel, PowerPoint, तथाङ्क विश्लेषण र HR व्यवस्थापनमा सीप र ज्ञान भएको । 
    • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्भेक्षण, डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्नेलाइ ग्राह्यता दिइनेछ ।
    • अन्य वांछनीय सीपहरूमा तनाव व्यवस्थापन, समय व्यवस्थापन,सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा दुर्गम क्षेत्रमा काम गर्ने रुचि भएको ।
    • इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।

    ख) पद: प्रशासन  तथा लेखा अधिकृत - १ जना

    कार्यस्थल: पालिका क्लस्टर कार्यालय वा कार्यक्रमले तोकिएको पालिका कार्यालय

    सुपरिवेक्षक: लेखा संयोजक वा व्यवस्थापक वा लेखा फोकल पर्सन

    मुख्य कार्यहरू र जिम्मेवारी

    • कर्मचारीहरूको व्यक्तिगत विवरण फाइल विदा  ,मासिक कार्ययोजना र कार्य प्रगतिको अभिलेख राख्ने ।
    • लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरूको निस्सा तथा प्रमाणहरू चेकजाच गर्ने तथा प्रक्रिया सम्मत खर्चहरूको भूक्तानी गर्ने, बजेट र खर्चहरूको नियमित अनुगमन सिट तयार गरी  पालिका फोकल, फिल्ड संयोजक तथा वास संयोजक । अधिकृतलाई जानकारी गराउने र क्रियाकलाप तथा बजेटको आवश्यक  समायोजन  गर्ने ।
    • त्रैमासिक रुपमा  कार्यक्रमको आयव्यय  वित्तीय प्रतिबेदन तयार गर्ने र एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमलाई समयसिमा भित्र पठाउने 
    • पालिका क्लस्टर कार्यालयको दैनिक प्रशासनिक तथा वन्दोवस्ती सम्बन्धी कार्यहरू गर्ने, कार्यक्रमकोजिल्लामा रहेका जिन्सी सामग्रीहरूको अभिलेखिकरण तथा संरक्षण गर्ने ।
    • कार्यक्रम सञ्चालनका लागि आगामी त्रैमासिकमा आवश्यक पर्ने बजेट फिल्ड संयोजकको सहयोगमा तयार गरि हेल्भेटास नेपालमा समयमै अनुरोध गर्ने ।
    • कार्यक्रम सञ्चालनको लागि कर्मचारीले लिएको पेश्की रकम समयमा नै परछौट गर्ने गराउने ।  क्रियाकलापहरू कार्यन्वयनको खर्चमा कार्यक्रमको नम्र्स तथा कार्यविधिको पालना गर्ने गराउने र खर्चको पारदर्शिता, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने । 
    • वार्षिक रुपमा गरिने लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि हेल्भेटास नेपालमा पठाउने ।

    उपभोक्ता समितिसँग सम्वन्धित कार्यहरू

    • उपभोक्ता समितिहरूलाई वाह्य निर्माण सामाग्री खरिद प्रकृयामा सहयोग गर्ने ,उपभोक्ता समितिहरूको आम्दानी खर्च खाता, बैक नगदी खाता, जिन्सी खाताहरू नियमानुसार राख्न सहजिकरण गर्ने । साथै यस सम्बन्धि थप जानकारी तथा अभिमुखिकरण फिल्डका अरु कर्मचारीहरूलाई समेत गराउने ।
    • योजनाको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण सञ्चालनमा फिल्ड संयोजक, सामुदायिक सहजकर्ता लाई सहजिकरणमा सहयोग गर्ने ।
    • लेखा व्यवस्थापन तालिम र वाह्रय निर्माण सामग्री खरिद तालिम मा सहजिकरण गर्ने ।
    • कार्यक्रमको नीति अनुसार पालिका, वडा तथा योजनास्तरमा सञ्चालन हुने तालिम तथा गोष्ठिहरुमा हुने खर्चको विल, भरपाइ तयारी तथा संकलन लेखा व्यवस्थापनको जिम्मेवारी वहन गर्ने । पालिकाबाट योजनाहरूलाई दिनु पर्ने म्याचिङ्ग रकमको लागि पालिका आर्थिक प्रशासन शाखासँग समन्वय गरि आवश्यक कागजात तयारीमा उपभोक्ता समितिहरूलाई सहजिकरण गर्ने ।
    • कार्यक्रमको नतिजा हासिल गर्नको लागि आफ्नो सुपरिवेक्षकले तोकेको अन्य कार्य गर्ने,

    आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्बन्धित कार्यमा दक्षता

    • मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तिर्ण गरि कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ, आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान भइ धयचम बलम भह word and excel भएको हुनुपर्ने ।
    • समुदाय , उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।

    ग) पद: प्राविधिक सहजकर्ता (सब–ईन्जिनियर) - १ जना

    कार्यक्षेत्र: पालिका क्लस्टर कार्यालय वा कार्यक्रमले तोकिएको पालिका कार्यालय

    सुपरिवेक्षक: फिल्ड संयोजक(प्राविधिक

    मुख्य कार्यहरू र जिम्मेवारी

    • पालिकामा सञ्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइसँग सम्बन्धित योजनाहरूका डिजाइन स्टिमेट अनुसार योजना कार्यान्वयन गराई सोको नियमित सुपरिवेक्षण गर्ने र निर्माण कार्यको गुणस्तर कायम गर्ने ।
    • कार्यक्रमको मार्गदर्शन अनुसार समुदाय स्तरमा सञ्चालन गरिने उपभोक्ता समितिका तालिमहरूमा सहजिकरण गर्ने र आवश्यकता अनुसार समुदाय परिचालन गर्ने ।
    • कार्य प्रगती अनुसारको नाँप जाँच (MB) तयार गरी आवश्यक विल तयार गर्न उपभोक्ता समितिलाई सहजिकरण गर्ने  ।
    • स्थानीय तह, उपभोक्ता समिति, उपभोक्ता तथा दातृ संस्थासँग समन्वय गरि कार्यक्रम सञ्चालनमा सहजिकरण गर्ने ।
    • निर्माण चरणमा उपभोक्ता समितिहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने ।
    • वाह्य निर्माण सामाग्री खरिदमा सामाग्रीहरूको गुणस्तर कायम गर्न उपभोक्ता समितिहरूलाई सहयोग तथा सहजिकरण गर्ने ।
    • पालिकाबाट विनियोजित समपूरक कोष निकासाका लागि आवश्यक सहजिकरण गर्ने ।
    • कार्यक्रमको निति अनुसार खानेपानी तथा सरसफाइ योजनाहरूको सार्वजनिक सुनुवाई, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
    • वार्षिक कार्यक्रम अनुसारका खानेपानी  योजनाहरूको सर्वेक्षण गर्ने, लागत इस्टिमेट तयार गर्ने र लागत इस्टिमेट स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने ।
    • सम्पन्न योजनाहरूको नियमित अनुगमन, कोचिंग,तालिम तथा सम्बन्धित पालिकाका योजनाहरूको NWASH मा डाटा अध्यावधिक गर्ने  ।
    • निर्माण पूर्ब तथा पश्चातका क्रियाकलापहरू गर्न सहयोग गर्ने ।

    आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

    • मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी कम्तिमा २ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको वा सव-ओभरसियर पास गरी कम्तिमा ३ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको
    • सर्भे उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
    • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्भेक्षण, डिजाइन तथा लागत इष्टिमेट तयार गर्न वा सोका लागि  फिल्ड संयोजक (प्राविधिक) लाई आवश्यक सहयोग गर्न सक्ने ।
    • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित योजना क्षेत्रहरूमा नै रही कार्य गर्न इच्छुक भएको ।

    अन्य

    • समुदाय , उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिक तथा समावेशीकरणका सवालमा सचेत भएको ।

    पारिश्रमिकः दातृनिकायसँग संस्थाको गरेको सम्झौता अनुसार

    दरखास्त दिने विधि:

    आवेदन  र व्यक्तिगत बिवरण सहित ईमेल ठेगाना hrdc.jajarkotvacancy@gmail.com मा मिति २०८१।०५।१८ (०३ सेप्टेम्बर २०२४)गते कार्यालय समय ५ बजे सम्म दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा  बायोडाटामा सन्दर्भ व्यक्तिहरूको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका  निवेदनहरू थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

    • बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ ।
    • प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ ।
    • हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।
    पदपूर्ति समिति

    HRDC- जाजरकोट
    x +