सूचना प्रकाशित मिति: २०८१/०४ /११ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालको आर्थिक एकीकृत पुनर्लाभ कार्य योजना कार्यक्रम खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको निर्माण सामाग्री खरिदका लागि लागि नेपाल सरकारको मान्यता प्राप्त फर्म वा कम्पनीहरु तथा आपूर्तिकर्ताबाट वोलपत्र (tender) पेश गर्नको लागि सूचित गरिन्छ । यो सूचना प्रकाशित मितिले १३ (तेह्र) दिन (मिति २०८१ श्रावण २३ गते) भित्र संस्थाको सोसेक नेपाल, केन्द्रिय कार्यालय, नारायण नगरपालिका १, दैलेख, सिलबन्दी बोलपत्र सहित निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाण पत्र बुझाउनु हुन अनुरोध गरिन्छ । टेण्डर डकुमेन्ट तलकाे लिकवाट डाउनलाेड गर्न सकिनेछ ।
सोसेक नेपालवाट गरिने सहयोगमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर १६६०८९४२००१ नमस्ते प्रयोग कर्ता र ९८०१५७४८८८ एनसेल प्रयोगकर्ताले जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।