कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१/०४/२०
नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा महिला र किशोरीको सशक्तिकरण मार्फत नेपालमा लैङ्गिक समानतामा योगदान गर्न ‘शसक्त महिला र सम्बृद्ध नेपाल’ नामक परियोजना सञ्चालन भैरहेको छ । मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशको क्रमश धनुषा, पर्सा, सिरहा, सप्तरी, रौतहट, सुर्खेत, दैलेख, कालिकोट, कञ्चनपुर र डोटी जिल्लामा सञ्चालन हुने यस परियोजनामा राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को लैगिक हिंसा रोकथाम र प्रतिकार्यमा प्रत्यक्ष सहयोग रहनेछ।
यूएनएफपीएको सहयोग र सहकार्यमा सीएमसी–नेपालले यस परियोजना कार्यान्वयनको लागि कालिकोटको खाँडाचक्र नगरपालिका र जिल्ला अस्पताल, कालिकोटसँग सहकार्य गरि लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन केन्द्र र समुदायमानै गई स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने काममा प्राविधिक सहयोग पुर्याउँदछ । खाडाचक्र नगरपालिकामा मे २०२४ देखि जुन २०२७ सम्म सञ्चालन हुने यस परियोजनामा खाडाचक्र नगरपालिका, कालिकोट रहेर काम गर्ने तपसील बमोजिमको कर्मचारी आवश्यक परेकोले योग्यता पुगेका ईच्छुक नागरिकबाट निवेदन आह्रान गरिएको छ ।
पदःमामला व्यवस्थापक (१) जना, महिला
मूख्य जिम्मेवारीः
योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उपयुक्त कागजात तथा व्यक्तिगत विवरण (बायोडाटा) सहित निम्न ठेगानामा बुझाउन यो सुचना जारी गरिएको छ । पुनश्चः छनौटको सम्पुर्ण अधिकार संस्थाको पदपूर्ति समितिमा निहित रहने छ र सो को निर्णय नै अन्तिम हुनेछ ।
कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल
ईमेलःvacancy.cmcnepal@gmail.com