किर्डाक नेपाल
सिलबन्दी बोल–पत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१ आश्विन २२ गते (८ अक्टुबर २०२४)
युनिसेफको आर्थिक सहयोग किर्डाक नेपालको साझेदारीमा जाजरकोट जिल्लाका भेरी नगरपालिका र बारेकोट गाँउपालिकामा सञ्चालन भई रहेको Jajarkot Wash Recovery परियोजना अन्तर्गत आवश्यक सोलार तथा पानी शुद्धिकरणका उपकरणहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ता बाट सिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरू:
१. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२. आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात
३. VAT दर्ताको प्रमाण पत्र
४. सहि छाप सहितको TOR, Bid- Form, Code of Conduct र स्व घोषणा पत्र
५. सामाग्रीको नमुना फोटोहरू
६. बैंक जमानत पत्र (२.५ %)
आवेदन दर्ता गर्ने प्रक्रिया:
सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र अर्थात ५ कार्तिक २०८१ तद्नुसार २१ अक्टुबर २०२४ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कलस्टर कार्यालय, जाजरकोट वा प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाउनु पर्ने छ । खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Technical Specification, बोल–पत्रको आवेदन फाराम र TOR संस्थाको वेभसाइट https://kirdarc.org/tender/ अथवा तल उल्लेखित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
Links:
Link_1.ToR for Solar System and Water Purifier
Link_2.RFQ_Solar System & Water Purifier
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालयमा (सानेपा ललितपुर ०१ ५४४८०४०/५४४८३२१, प्रदेश कार्यालय विरेन्द्रनगर सुर्खेत ०८३–५२५६६४, प्रधान कार्यालय जुम्ला ०८७ ५२०२०१, र कलस्टर कार्यालय जाजरकोट ९८४३७६३४६०) मा सम्पर्क गर्न सकिने छ ।
सिलबन्दीबोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।