SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu...
Read More
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ। Save the Children को आर्थिक सहयोगमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउपालिकामा संचालित भएको POWER 4AY Project मा तपशिल बमोजिमका वस्तु तथा सेवाहरु आवश्यक परेकोले उत्त सामाग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८०।११।२७ गतेसम्म साझ ५ बजेसम्म सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ । सिलबन्दी संस्थाको कार्यालय र website: www.sacnepal.org.np वा www.jobsnepal.com बाटप्राप्त गर्न सकिनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ ।
नोटः साथै सिलबन्दी दरभाउ पत्रमा उल्लेख भएका सामाग्रीहरु समाज जागरण केन्द्र (स्याक) नेपालको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ शिवनगर टोल सम्मको ढुवानी लोड अनलोड सप्लायर्स स्वयमले ले नै व्यहोनु पर्ने छ ।
सिलबन्दी दरभाउ पत्र पेशा विधिः
सिलबन्दी दरभाउपत्र पेश गर्न इच्छुक फर्महरुले आवश्यक कागजात (फर्मको हकमा २०७९/२०८० को करचुक्ता अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण, सहित सिलबन्दी दरभाउपत्र पेश गर्न सकिने छ। वा इमेल मार्फत PDF मा पासवाड राखि सिलबन्दी दरभाउपत्र पेश गर्न हुन जानकारी गराईन्छ। दरभाउपत्र पेश गर्ने अन्तिम मिति २०८०।११।२७ गते साँझ ५ बजेसम्म रहनेछ । इमेलमार्फत सिलबन्दी दरभाउ पत्र पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि दरभाउपत्र पेश गर्नु परेमा समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत मा पेश गर्न सकिने छ। साथै दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन १२ बजेसम्म पेश गर्नहुन समेत जानकारी गराईन्छ । सिलबन्दी खोल्ने समय २०८०।११।२८ गते दिनको १२ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खोलिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि सिलबन्दी दरभाउ पत्र खोल्न वाधा पर्ने छैन ।
म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् पूर्ण वा आशिंक कुनै पनि सिलबन्दी दरभाउ पत्र विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
प्रस्तावना पेश गर्ने इमेल vacancysac1995@gmail.com