आरुमाटा भाडेगडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मंगलसेन ५,अछाम
बोक्सडा भानथान खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मंगलसेन ६,अछाम
पतालमुल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मंगलसेन १२,अछाम
छडीखोला ठाना बलडांडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मंगलसेन ११,अछाम
को
संयुक्त खरिद समिति
मंगलसेन ,अछाम
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सूचना: मिति: २०८१ असोज १५ गते
एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था ग्रामिण बिकास केन्द्र (रुडेक)-नेपाल,अछामको सहजीकरणमा मंगलसेन नगरपालिका,अछाममा संचालित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोछ ।
प्याकेज १ :
समुह क : एच.डि.पि.ई. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य साामाग्रीहरु (सरिया, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)
समुख ख : फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरु)
समुह ग : सिमेन्ट (ओ.पि.सि. ५३ ग्रेड)।
शर्तहरु:
सिलवन्दी दरभाउपत्र पाइने स्थान: ग्रामिण बिकास केन्द्र (रुडेक)- नेपाल, केन्द्रीय कार्यालय, मंगलसेन,अछाम
अथवा, सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क: https://notice.helvetasnepal.org
दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०९७ ६२०२१८वा ९८४२२१७३८० (संयोजक-संयुक्त खरिद समिति) नं. मा सम्पर्क गर्न सकिनेछ ।
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८१ कार्तिक ६ गते (२२ अक्टुबर २०२४), दिउसो १२:०० बजे भित्र
दरभाउपत्र बुझाउने स्थान: ग्रामिण बिकास केन्द्र (रुडेक)- नेपाल, केन्द्रीय कार्यालय,मंगलसेन,अछाम, फोन नं ०९७ ६२०२१८
म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
मिति: २०८१ कार्तिक ६ गते (२२ अक्टुबर २०२४), दिउसो १:०० बजे
स्थान: ग्रामिण बिकास केन्द्र (रुडेक)- नेपाल, केन्द्रीय कार्यालय,मंगलसेन,अछामको कार्यालय
सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : AARUMATA BHADEGADA KHANEPANI TATHA
SARSAFAI U.S
जमानत रकम रु. : १९१,५००.०० (एक लाख एकानब्बे हजार पांच सय रुपैया मात्र)