किर्डाक नेपाल
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिती: २०८२ जेठ २२ गते (५ जुन २०२५)
सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल तथा अन्य साझेदारहरू: सोसेक नेपाल दैलेख, पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट, र भिडिसेफ कालीकोटद्वारा सञ्चालित सहयात्रा तेश्रो (Sahayatra-III) परियोजना अन्तर्गत परियोजना क्षेत्रका लाभग्राहीहरूलाई तल उल्लेखित सिपमुलक (CTEVT Based Level 1 Vocational Training) तालिम प्रदान गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
तपसिलः
क्र.सं. | तालिमको विवरण | अवधि | कैफियत |
१. | ड्राईभिङ्ग | ३० दिन | Theory and Practical Driving Classes |
२. | टेलरिङ्ग (सिलाई कटाई) | ३ महिना | Basic Tailoring Course |
३. | मोटरसाईकल मर्मत | ३ महिना | Basic Mechanic Course |
४. | हाउस वाईरिङ्ग | ३ महिना | Basic House Wiring Course |
बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:
१. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२. आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात
३. VAT दर्ताको प्रमाण पत्र
४. सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र
५. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट तह १ को तालिम दिन स्विीकृत प्रमाण–पत्र
आवेदन दर्ता गर्ने प्रक्रिया:
शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२/०२/३१ गते (तद्नुसार १४ जुन २०२५) साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेत, वा क्लष्टर कार्यालय तातोपानी जुम्लामा बुझाउनुपर्ने छ । खरिद गर्ने सेवाको विस्तृत विवरण Terms of Reference यो लिङ्क https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिङ्कबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१, ५४४८०९३) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४) वा क्लष्टर कार्यालय तातोपानी, जुम्ला (९८६३०८०१११) मा सम्पर्क गर्न सकिने छ ।
शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्था/कन्सोटियम टिममा निहित रहनेछ ।