शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति २०८१।१२।२८
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । UNDP नेपालको आर्थिक सहयोगमा जाजरकोट जिल्लामा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियोजना (RERAS) अंतर्गत कृषकहरुको भकारोरगोठ सुधारका लागि तपसिलमा उल्लेखित सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक फर्महरुले मिति २०८२।०१।०३ गते दिनको ५:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आ.व. २०८०।०८१) सहित शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ । शिलबन्दी दरभाउपत्र फाराम यस कार्यालयबाट वा यस LINK बाट पनि उपलब्ध हुनेछ । यदि शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा पनि सोही दिन शिलबन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र अनलाइनमार्फत पनि पेश गर्न सकिनेछ । अनलाईनबाट शिलबन्दी दरभाउ पेश गर्दा PDF फर्मेटमा पासवर्ड राखी info@sacnepal.org.np मा पेश गर्नुपर्नेछ । यदि शिलबन्दी दरभाउपत्रमा पासवर्ड नराखी पेश गरेमा दरभाउपत्र छनौट प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउ पत्र मिति २०८२।०१।०४ गते दिउंसो १२:०० बजे संस्थाको कार्यालयमा खोलिने जानकारी गराइन्छ । यदि दरभाउपत्र खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुनेछैन । थप विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नुहोला ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२