यस कार्यालयको खरिद उप–समितिको मिति २०८१।०१।१८ गतेको बैठकको निर्णय अनुसार Plan International Nepal सँगको साझेदारीमा जाजरकोट जिल्लामा सञ्चालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसारका ठाउँहरूमा विभिन्न सामग्रीहरू ढुवानी गर्नु पर्ने भएकाले देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि पहिलो पटक सूचना प्रकाशित भएको मितिले ७ दिनको ५ वजे भित्र शिलवन्दी कोटेशन पेश गर्नका लागी इच्छुक योग्य आपूर्तिकर्ताहरूका लागि सूचना प्रकाशित गरिएको छ ।
तपसिल
S.No |
Items description |
Unit |
Estimated Quantity Required |
1 |
रिम्नादेखि भेरी न.पा वडा नं. ११ को कार्यालय (टाकुरा)सम्म |
पटक |
८ |
2 |
रिम्नादेखि भेरी न.पा. वडा नं. २ को कार्यालय (बाहुनठाना)सम्म |
पटक |
६ |
3 |
रिम्नादेखि भेरी न.पा. वडा नं. १, मैदेचौरसम्म |
पटक |
२ |
4 |
रिम्नादेखि नलगाड न.पा वडा नं. ६ को कार्यालय (भारगाँउ)सम्म |
पटक |
९ |
5 |
रिम्नादेखि नलगाड न.पा वडा नं. ८ को कार्यालय (कायाखेत)सम्म |
पटक |
५ |
१. शिलबन्दी कोटेशन सस्थाको केन्द्रिय कार्यालय वा jobsnepal.com बाट प्राप्त गर्न सकिनेछ ।
Link: https://drive.google.com/file/d/1LOuslcXIfDiGNqFKHnuZCiqXa1SCcc71/view?usp=sharing
२. शिलबन्दी कोटेशन बुझाउने अन्तिम म्याद २०८१ वैशाष २६ गते दिनको १२:०० बजे सम्म ।
३. प्राप्त भएका शिलबन्दी कोटेशन फारामहरू २०८१ वैशाष २७ गते दिनको १:०० बजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्वन्धित आपुर्तिकर्ताहरूको रोहवरमा खोलिने छ यद्यपि आपुर्तिकर्ताहरू उपस्थित नभएमा पनि शिलबन्दी कोटेशन फाराम खोल्न कुनै वाधा पर्ने छैन ।
४. शिलबन्दी कोटेशन पेश गर्दा आपुर्तिकर्ताले तपसिल अनुसारका कागजातहरू यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
क) मुअकर दर्ता प्रमाण पत्र/प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
ख) आव २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) उद्योग वाणिज्य र अन्य सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको अन्तिम नविकरण सहितको प्रतिलिपि
घ) २०८० श्रावण १ पछि दर्ता भएकोलाई कर चुक्ता आवश्यकता नपर्ने ।
५. शिलबन्दी कोटेशन पुर्ण वा आंशिकरुपले स्वीकृत गर्ने वा नगर्ने अधिकार यस सस्थामा निहित रहने छ ।
६. प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । शिलवन्दी कोटेशन फाराममा अक्षर र अंक कुनै एक मा खुलेको हुनु पर्नेछ । साथै कुनै अंक वा अक्षरमा केरमेट भएमा एक पटक काटि सहिछाप लागेको हुने पर्नेछ । अन्यथा शिलबन्दी कोटेशन फारामहरू स्वतः रद्ध हुसक्नेछ ।
७. आपुर्तिकर्ताले सामग्रीहरूको शिलवन्दी कोटेशन भरिसके पश्चात संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेत वुझाउन पर्ने छ ।
८. यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।