vacancy Announcement - Social Awareness Center SAC Nepal

Published Date: 2024-06-10
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 16, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    प्रथम पटक प्रकाशित मिति – २०८१।०२।२८)

    समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता, लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाले USAID को आर्थिक सहयोगमा CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego and Nepal CRS Company संयुक्त साझेदारीमा USAID's Adolescents Reproductive Health (ARH) कार्यक्रम कार्यान्वयन भइरहेको छ । १० देखि १९ वर्ष उमेर समुहका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौंन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको एकिन गर्ने, प्रजनन स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ । यो कार्यक्रम हाल सुर्खेत जिल्लाका पञ्चपुरी, भेरीगङ्गा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा सञ्चालन भइरहेको छ ।

    यस कार्यक्रमका लागि रिक्त रहेको तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

    विज्ञापन नं.  : १४।२०८०।०८१

    पद     :     ARH GESI Officer (महिला मात्र)

    आवश्यक संख्या  : १ (एक) जना

    कार्यक्षेत्र  :   गुर्भाकोट र लेकवेशी नगरपालिका

    कार्यस्थल :  गुर्भाकोट नगरपालिका

    योग्यता, अनुभव तथा सिप :  मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य वा नर्सिङ्ग) मा स्नातक तह उत्तीर्ण गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य तथा किशोरकिशोरीको क्षेत्रमा १ वर्ष कार्य अनुभव भएको ।

    विस्तृत कार्यविवरण तलको लिङ्कमा रहेको छ ।

    https://docs.google.com/document/d/1hwC8jYxwDp6_jdib3zBfrwmS6GiO8N3U/edit?usp=sharing&ouid=111934501589709266711&rtpof=true&sd=true

    दरखास्त दिने विधि :
    सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., आफ्नो इमेल, र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) तथा निवेदनसहित यसै सूचनामा रहेको इमेलमार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहरुलाई मात्र थप छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग तथा स्थानीयलाई प्राथमिकता दिइनेछ । यस संस्था यौंन उत्पीडन, शोषण र दूव्र्यवहार एवम्  बाल दूव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व ९ऋयलाष्अित या क्ष्लतभचभकत० छ भने आवेदनको साथमा उल्लेख तथा स्वःघोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।

    उमेर   :   दरखास्त दिने अन्तिम दिनको दिन १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।

    दरखास्त दिने अन्तिम मिति  :  २०८१।०३।०२ गते दिनको ५:०० बजेसम्म ।

     

    थप जानकारीका लागि

    समाज जागरण केन्द्र (स्याक) नेपाल

    वीरेन्द्रनगर, सुर्खेत

    सम्पर्क नं.: ०८३–५२१२८२
    x +