आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरूको लागि बोलपत्र आह्वान - PACE-Nepal

Published Date: 2024-09-09
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jumla, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Sep 15, 2024
  • Company Overview

    Jumla, karnali

    PACE Nepal is a pioneering non-profit organization dedicated to building disaster-resilient communities, fostering climate resilience, ensuring WASH access, promoting food sovereignty, and community empowerment in the Karnali region since 2006. Read More

    Job Description

    आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरूको लागि बोलपत्र आह्वान

    प्रकाशन मिति: २०८१ भाद्र २४

    साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफामुलक गैर सरकारी संस्था हो । यसको स्थापना २०६३ सालमा भएको हो । पेस नेपाल जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ साल वैसाख २७ दर्ता भई समाज कल्याण परिषद (SWC) आवद्धता गरी कार्य सञ्चालन गरिरहेको छ । पेस नेपाल जुम्लाको मुख्य कार्यालय नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ अवस्थित रहेको छ । विगत १८ वर्ष देखी  जलवायु  परिर्वतन अनुकुलन, खाद्य सुरक्षा, गुणस्तरीय शिक्षा, समुदायको क्षमता अभिवृद्धि गराई गरिबी न्यूनिकरण, दिगो सामुदायिक विकास, सामाजिक समावेशिकरण, द्धन्द्ध व्यवस्थापन,  मानवअधिकार प्रवर्द्धन, वातावरण संरक्षण, संस्थागत विकास, शु–सासन सवलीकरण क्षेत्रमा नेपालको कर्णाली प्रदेशका ४ वटा जिल्लाहरूका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

    जुम्ला जिल्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित आधार परियोजना अन्तरगत विद्यालयमा कक्षा कोठको पढाई वातावरण सुधारका लागी आवश्यक सामग्री सहयोग र परामर्शदाता सेवाका लागि तपशिलका वमोजिमको बोलपत्र आह्वान गरेको छ । 

    सामागी्र तथा सेवाहरू

        १. विद्यालयमा बालमैत्री शिक्षण वातावरण निर्माणको लागि सहयोग-बस्ने व्यवस्था सहयोग (फर्निचर/फर्निसिङ)

        २. पुस्तकालय स्थापनाका लागि सहयोग (पुस्तक कुनो)

        ३. कक्षा शिक्षकहरूलाई कक्षामा शिक्षण वातावरण निर्माण गर्न अवश्यक शिक्षण सामग्रीहरू

        ४. कक्षा कोठाका लागि LED स्मार्ट टिभीहरू

        ५. विद्यालयमा ICT प्रयोगशाला स्थापना सामग्री

        ६. एक घर एक पढाई कुनो सामग्री सहयोग

    सङलग्न गर्नु पर्ने आवश्यक कागजातहरू

    • आवेदन निवेदन पत्र
    • फर्म दर्ता प्रमाण पत्र
    • भ्याट तथा पानमा दर्ता भएको प्रमाण पत्र
    • फर्मको करचुक्त प्रमाण पत्र आ.ब २०७९/०८०
    • २.५ प्रतिशत बैकको ग्यारेन्टी

    योग्य ईच्छुक आपुर्तिकर्ताले बोलपत्र आह्वान अनुसारको फर्मको विवरण, कानुनी कागजातहरूका साथै कोटेशनको दररेट, परामर्शदाताले सेवाका क्षेत्र सहितको कागजातहरू शिलबन्द गरि पेस नेपाल जुम्लाको मुख्य कार्यालय जुम्लामा मिति २०८१ भाद्र ३० गते साझँ ५ बजे सम्म पुग्ने गरी उपलब्ध गराउनुपर्ने हुन्छ । आपुर्तिकर्ताले अवश्यक BID Firm/Quotations Format पेस नेपालको कार्यालयवाट लिन सकिनुका साथै आपुर्तिकर्ताको कोटेशन कागजातहरू ईमेल तथा अनलाईन मार्फत वा मिति २०८१ भाद्र ३० भन्दा पछि आएमा स्वीकार्य हुने छैन । इमेलमार्फत कोटेशन पेस गर्दा पिडिएफ फाइलमा पासवर्ड राखेर पठाउनु पर्नेछ । फोनः ०८७५२०२४१, Email: jobpacenepal@gmail.com

    x +