कर्मचारी पदपूर्ति सम्बन्धि सूचना - Sundar Nepal Sanstha (BNA),Surkhet

Published Date: 2024-06-18
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Fresh
  • Gender:
    No Preference
  • Apply Before:
    Jun 26, 2024
  • Company Overview

    Birendranagar-8,Surkhet

    Sundar Nepal Sanstha, established in 1996, by a group of energetic youth volunteers in Surkhet district with the aim to enhance the living condition of the poor, deprived and marginalized people through delivery of quality services. It has sound admi... Read More

    Job Description

    सुन्दर नेपाल संस्था, सुर्खेत
    कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
    विज्ञापन नम्बर: ०५/२०८०/०८१
    प्रथम पटक सूचना प्रकाशन मिति: ४ असार २०८१, (१८ जुन २०२४)

    सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal, iDE Nepal र MAP International को सयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि  लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।
    सुन्दर नेपाल संस्थाले iDE Nepal सिंगको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (WCM) परियोजना लागू गर्न लागेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

     पद तथा योग्यता, अनुभव र सिप

    क्र.स

    पद

    पद संख्या

    योग्यता

    योग्यता, अनुभव र सिप:

    कार्यक्रम संयोजक

    (Project Coordinator)

    स्नातकोत्तर/स्नातक तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भएको  ।

    Detail Job Description of Project Coordinator

    स्वास्थ्य अधिकृत (Health Officer)

    स्नातकोत्तर/स्नातक तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको   ।

    Detail Job Description of Health Officer

    अनुगमन, मूल्यांकन तथा अभिलेखिकरण अधिकृत

    (Monitoring, Evaluation and Documentation (MEAL) Officer)

    स्नातक तह

    स्नातक वा सो सरह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको ।

    Detail Job Description of M&E and Documentation Officer

    लैगिक तथा सामाजिक समावेशीकरण अधिकृत

    (GESI Officer)

     

    स्नातक तहमान्यता प्राप्त शैक्षिक संस्थाबाट  सम्बन्धित विषय (जनस्वास्थ्य, नर्सिङ्ग, महिला तथा लैंगिक अध्ययन वा समाजशास्त्र) मा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य तथा किशोरकिशोरीको क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको ।

    Detail Job Description of GESI Officer

    प्रशासन तथा लेखा अधिकृत (Admin and Finance Officer)

    स्नातकोत्तर/स्नातक तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थशास्त्र) मा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भई गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा कार्य अनुभव भएको । 

    Detailed Job Description of Admin and Finance Officer

    कृषि तथा बजारीकरण अधिकृत (Agriculture and Marketing Officer)

    स्नातकोत्तर/स्नातक तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि बिज्ञान (Agriculture) वा सो सरह विषयमा स्नातकोत्तर तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिेक संस्थाबाट कृषि बिज्ञान (Agriculture) वा सरह विषयमा स्नातक तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको   ।

    Detailed Job Description of Agriculture & Marketing Officer

    पोषण, कृषि तथा बजारीकरण सहजकर्ता (Nutrition/ Agriculture and Marketing Facilitator)

    १०

    प्रविणता प्रमाण पत्र तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि प्राबिधिक (JTA) वा सो सरह विषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्वास्थ्य (Health) वा सरह विषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्र्ण गरी खाद्य सुरक्षा, पोषण तथा कृषि सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

    Detailed Job Description of Nutrition Agriculture & Marketing Facilitator

    स्वास्थ्य सहजकर्ता 

    (Wash Facilitator)

    प्रविणता प्रमाण पत्र तह

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट Pre-diploma in civil engineering (Sub-overseer)  वा सो सरह वा अन्य विषयमा प्रविणता तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको शुद्धीकरण, पोषण सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

    Detailed Job Description of Wash Facilitator

     

    नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) चाहेको खण्डमा तल्ल उल्लेखित इमेलबाट मांग गर्न सकिन्छ । 

    दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरु:

    १. नेपाली नागरिकताको प्रमाण-पत्र

    ४. शैक्षिक प्रमाण-पत्रको प्रतिलिपि

    ३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ( experience letter) को साथमा नियुक्तिपत्र ।

    ४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)

     छनौटको किसिम: लिखित तथा अन्तरवार्ता (दुवै)

    आवेदन गर्ने प्रकृया:

    माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । आवेदनमा आफूले आवेदन दिएको पद खुलाउनु पर्नेछ ।
    प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति,सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (conflict of interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानीय आवेदकहरुलाई प्राथमिकता दिईनेछ ।
    दरखास्त दिने अन्तिम मिति: इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको ब्यक्तिगत विवरण (biodata) सहित १२ असार, २०८१ ( २६ जुन २०२४) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
    आवेदन दिने ठेगाना:
    सुन्दर नेपाल संस्था 
    वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
    फोन न: ०८३–५२०९२६/५२३५३०
    वा


    x +