भेरी वातावरणीय विशिष्टता समुह (BEE Group)
दरखास्त आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित सुचना (वि.सं. २०८१ साल साउन १० गते)
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), बाँके जिल्लामा दर्ता भई मानव अधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण तथा जैविक विविधताको संरक्षण र सामुदायीक विकासका लागि अधिकारमुखी विकासको अवधारणा अवलम्बन गर्दै लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्रियाशिल स्वतन्त्र, गैरनाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, स्वास्थ्य र पोषण, पेशागत स्वास्थ्य, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जिविकोपार्जन र जैविक विविधता संरक्षणको क्षेत्रमा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।
संस्थाले Oxfam नेपालसँग साझेदारी गरी रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. १ मा भूकम्प प्रभावित क्षेत्रमा रहेका विपन्न परिवारहरुको जलवायु परिवर्तन उत्थानशिलता अभिवृद्धि गर्नका लागि Resilient Livelihoods for Earthquake-Affected Families (RELIEF) परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले जलवायु अनुकुलन कृषि र बजारको प्रवद्र्धन एवम् समुदायको जलवायु उत्थानशिलता अभिवृद्धि गर्दै आय विविधिकरण गरी दीगो जीविकोपार्जन एवम् खाद्य सुरक्षामा सहयोग गर्ने लक्ष्य लिएको छ । परियोजनाका लागि तपशिलमा उल्लेखित पदहरु पूर्ति गर्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
१) पद: प्रशासन तथा लेखा सहायक
पद संख्या: १ (एक)
कार्यस्थल: सानीभेरी गाउँपालिका वडा नं. १ रुकुम (पश्चिम)
कामको विवरण:
प्रशासन तथा लेखा सहायकले परियोजना संयोजकसँगको समन्वयमा परियोजनाको फिल्ड कार्यालयमा बसेर दैनिक प्रशासन र लेखा सम्बन्धीका कार्यहरु सम्पादन गरी मासिक रुपमा तोकिएको मितिमा संस्थाको लेखा व्यवस्थापकलाई लेखा प्रतिवेदन बुझाउनु पर्नेछ । साथै फिल्ड कार्यालयमा बस्ने कर्मचारीको हाजिरीको अभिलेख, विदाको अभिलेख, चिठीपत्रको चलानी र दर्ताको अभिलेख, सवारी साधनको लगबुकको अभिलेख र कार्यालयमा भएका अन्य सामग्रीहरु तथा सम्पतीहरुको अभिलेखिकरण गर्ने साथै संस्थालाई आवश्यक पर्ने दैनिक प्रसाशनिक गतिविधिका कार्यहरु गर्नु पर्नेछ ।
भूमिका तथा जिम्मेवारी
शिक्षा र कार्य अनुभव:
२) पद: सामाजिक परिचालक
पद संख्या: ४ (चार)
कार्यस्थल: सानीभेरी गाउँपालिका वडा नं. १ रुकुम (पश्चिम)
कामको विवरण: परियोजना संयोजक र परियोजना अधिकृतसँगको समन्वयमा परियोजनामा योजना गरिएका क्रियाकलापहरुलाई वडा तथा समुदायमा कार्यान्वयन गर्ने । भूकम्प प्रभावित लक्षित समुदायका महिलाहरुलाई संगठीत गरी महिला सशक्तिकरण समुहहरु गर्ने । समुहका सदस्यहरुको नेतृत्व विकासमा सयोग गर्ने । स्थानीय सहकारी, महिला सशक्तिकरण समूह, कृषि बजार व्यवस्थापन समिति, कृषक समुह तथा लघुउद्यमी, विभिन्न कृषि सम्बन्धी सेवा प्रवाह गर्ने सेवाप्रदायकहरुसँग समन्वय र सहकार्य गरी परियोजनामा योजना गरिएका क्रियाकलापहरुको कार्यान्वयन गर्ने । परियोजना अधिकृतलाई गरेका कामहरुको प्रगति र सफलताका कथाहरुको अभिलेखन गर्न सहयोग गर्ने । कृषि उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने । साथै स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति तथा सामुदायीक विपद् व्यवस्थापन समितिहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका कार्यहरु गर्न समुदायलाई सहजीकरण गर्ने । भूकम्प तथा मनसुन पूर्वतयारी, पूर्वचेतावनी प्रणालीको विकास र अभ्यासमा परियोजना अधिकृतलाई सहयोग गर्ने ।
भूमिका तथा जिम्मेवारी
शिक्षा र कार्यअनुभव:
दरखास्त पेश गर्ने ठेगाना
कार्यालयमा उपस्थित भएर दरखास्त पेश गर्नका लागि
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ वेलासपुर, बाँके
ईमेलबाट पेश गर्नका लागि beegroup.vacancy@gmail.com
दरखास्त पेश गर्ने अन्तिम मिति: २०८१ साल श्रावण १६ गते तरनुसार जुलाई ३१, २०२४ बुधबार
दरखास्त पेश गर्नका लागि संस्थाले उपलब्ध गराएको निवेदन ढाँचामा गर्नुपर्नेछ र निवेदन ढाँचाका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Link: Application Form
नोट: भुकम्प प्रभावित समुदायको महिला, दलित, जनजाती, यौनिक अल्पसंख्यक एवम् परियोजना क्षेत्रका उम्मेवारलाई प्राथमिकता दिईने छ । छोटो सूचीमा छनौट भएका उम्मेदवारलाई मात्र परिक्षामा समावेस गरिने छ । यस संस्थासँग काम गर्न इच्छुक उम्मेदवारले संस्थाको बाल संरक्षण नीति र सेफगाडिङ्ग नीतिका प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनुपर्नेछ ।