कर्मचारी आवश्यकता सम्बन्धी सूचना - AAWAAJ

Published Date: 2025-01-30
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Positions:
    3
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Feb 07, 2025
  • Company Overview

    Birendranagar,Surkhet

    Aawaaj is a non-governmental and non-profit social organization established in 1999 by the joint initiatives of professionals with strong hope to demonstrate capacity against violence and discrimination of children and women in Midwestern region, Nep... Read More

    Job Description

    आवाज

    वीरेन्द्रनगर, सुर्खेत

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    आवाज संस्थाले विगत २५ बर्ष देखि महिला तथा बालबालिकाहरूको अधिकारको संरक्षण, प्रवद्र्धनका साथै महिला तथा बालबालिका माथि हुने सबै खाले हिंसा विरुद्ध शसक्त आवाजहरू उठाउदै मानव अधिकार, सुशासन र गरिबी निवारणको क्षेत्रहरूमा कार्य गर्दै आएको छ । हाल यस संस्थालाई केयर नेपालको साझेदारीमा लुम्बिनी प्रदेशको रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालन हुने परियोजनाका लागि तपशिल बमोजिमका कर्मचारीहरूको आवश्यकता परेको हुँदा सम्बन्धीत  योग्यता पुगेका नेपाली नागरिकबाट दर्खास्तको लागि आह्वान गरिन्छ ।

    Advancing Ambitions and Well-being through sustained Academic Journeys – AAWAJ Project

    पद आवश्यक संख्या न्युनतम योग्यता मुख्य कार्य जिम्मेवारी
    कार्यक्रम अधिकृत १ जना स्नातक तह उत्तिर्ण भइ कम्तिमा ३ बर्ष बालिका सशक्तिकरण, शिक्षा तथा जिविकोपार्जनको  क्षेत्रमा कार्य गरेको
    • बालिका शिक्षा तथा सशक्तिकरणका लागि जिल्ला तथा पालिका स्तरमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय एवं सहकार्य गरी  कार्यक्रमको योजना तर्जूमा, कार्यक्रम कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा प्रतिवेदनको कार्यमा समग्र नेतृत्व गर्ने ।
    • केयर नेपालको सहजीकरणमा विगतमा विद्यालय शिक्षामा मूलप्रवाहीकरण भई औपचारिक शिक्षाको निरन्तरतामा सामाजिक तथा आर्थिक समस्यामा रहेका बालिकाहरूको पहिचान गरी शिक्षा निरन्तरताका लागि अभिभावकहरूलाई जिविकोपार्जनका क्रियाकलाप गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने ।
    • विगतमा बालिका अधिकार समुह (Girls Right Forum) मा आवद्ध किशोरीहरूको समस्याको  पहिचान गरि जिविकोपार्जन सहायताका लागि आवश्यक सहजीकरण गर्ने ।
    • आफू मातहतका कर्मचारीहरूलाई कार्यक्रम सञ्चालनका लागि आवश्यक सहजीकरण गरी कार्यक्रमको गुणस्तर र प्रभावको मूल्याङ्कन गरी आवश्यकता अनुसार थप पृष्ठपोषण प्रदान गर्ने ।
    • कार्यक्रम सञ्चालनका लागि संस्थाको कार्यकारी निर्देशक एवं साझेदार संस्थाको प्रतिनिधीको समन्वयमा प्रभावकारी रुपमा कार्यंक्रम सञ्चालन गर्ने र जिल्ला तथा गाउँ/नगरपालिकामा संस्था एवं परियोजनाको प्रतिनिधीको रुपमा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि  समन्वय र सहकार्य गर्ने ।

    फिल्ड सुपरभाईजर

    (जिविकोपार्जन)

    १ जना स्नातक तह उत्तिर्ण गरी जिविकोपार्जनको क्षेत्रमा कम्तिमा २ वर्षको कार्यअनुभव भएको
    • कार्यक्रम अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा कार्यकारी निर्देशक र परियोजना सम्बद्ध सरोकारवालाहरूको समन्वयमा सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्धेश्य पुरा गर्ने ।
    • बालिका शिक्षा प्रवर्द्धनतथा जिविकोपार्जन सहायताका लागि बालिका तथा अभिभावकहरूको प्रारम्भिक पहिचान, व्यवसाय विकास तथा वित्तिय साक्षरता तालिम एवं जिविकोपार्जन सहयोगका लागि सहजीकरण गर्ने ।
    • कार्यक्रम सञ्चालनका क्रममा जिविकोपार्जन सहयोग प्राप्त अभिभावकहरू तथा किशोरीहरूको नियमित अनुगमन र आवश्यक पृष्ठपोषण प्रदान गरी फिल्ड तहमा कार्यक्रमको सहजीकरणको कार्य गर्ने ।
    • कार्यक्रमसँग सम्बन्धित प्रतिवेदन, समुदाय तहमा भएका उपलब्धी तथा अन्य दस्तावेजहरू तयार गरि परियोजना संयोजकलाई प्रतिवेदन लेखन कार्यमा सहयोग गर्ने ।

    Girls Empowerment Project

    फिल्ड सुपरभाईजर

    (शिक्षा)

    १ जना स्नातक तह उत्तीर्ण गरी शिक्षा क्षेत्रमा कम्तिमा २ वर्षको कार्यअनुभव भएको
    • संयोजकको प्रत्यक्ष सुपरिवेक्षणमा कार्यकारी निर्देशक र परियोजना सम्बद्ध अन्य कर्मचारी र सरोकारवालाहरूको समन्वयमा सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्धेश्य पुरा गर्ने ।
    • बालिका शिक्षा प्रवर्द्धनका लागि विगतमा औपचारिक शिक्षामा मूलप्रवाहीकरण भै विद्यालयमा निरन्तर बालिकाहरूको फलोअप तथा अभिभावकका लागि सचेतनामूलक छलफल सहजीकरण गर्ने ।
    • विद्यालयबाहिर रहेका बालिकाहरूको प्रारम्भिक पहिचान गरी उनीहरूलाई उडान सश्लेषित पाठ्यक्रममा आधारित भै १ वर्षे शैक्षिक कार्यक्रममार्फत विद्यालयमा मूलप्रवाहीकरणका लागि आवश्यक सहजीकरण गर्ने ।
    • संश्लेषित पाठ्यक्रममा आधारित  उडान बैकल्पिक कक्षा सञ्चालनका लागि सहजकर्ता मेन्टरको पहिचान, पेशागत क्षमता अभिवृद्धि तथा शिक्षण सिकाइ सहजीकरणमा आवश्यक सहयोग गर्ने ।
    • कार्यक्रम सञ्चालनका क्रममा विद्यालय बाहिर रहेका किशोरी तथा उनीहरूको अभिभावकहरूलाई छलफल सञ्चालन गरि किशोरी शिक्षाका लागि सहयोगी वातावरणको निर्माण गर्ने कार्यमा आवश्यक सहजीकरणको कार्य गर्ने ।
    • कार्यक्रमसँग सम्बन्धित प्रतिवेदन, समुदाय तहमा भएका उपलब्धी तथा अन्य दस्तावेजहरू तयार गरि परियोजना संयोजकलाई प्रतिवेदन लेखन कार्यमा सहयोग गर्ने ।

     

    आवश्यक कागजात: निवेदन, व्यक्तिगत बिवरण (C.V.), नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, कार्य अनुभव प्रमाणपत्रको प्रतिलिपी, अन्य तालिमहरूको प्रमाणपत्र ।

    परीक्षाको किसिम: सर्ट लिष्ट, लिखित परीक्षा र अन्तरवार्ता ।

    प्रत्यक्ष रुपमा दरखास्त दिने व्यक्तिहरूले आवाज संस्था, वी.न.पा. ८, आवासक्षेत्र, सुर्खेतमा आवश्यक कागजात सहित पेश गर्नुपर्नेछ भने अनलाईन मार्फत दरखास्त दिने व्यक्तिले संस्थाको इमेल ठेगाना skt@aawaaj.org.np मा मिति २०८१ माघ २ गते बेलुका ५ बजे भित्र आवेदन पठाई सक्नु पर्नेछ । समय भन्दा पछि तथा रीत नपुगी प्राप्त दर्खास्त स्वीकृत गर्न संस्था बाध्य हुने छैन स्थानीय, महिला, दलित, जनजाति र सीमान्तकृत समुदायको उम्मेद्धवारहरूलाई सकारात्मक विभेदको नितिअनुसार विशेष ग्राहेता दिइनेछ ।

    पदपुर्ति समिति

    आवाज संस्था

    ०८३–५२२४७७

    वीरेन्द्रनगर, सुर्खेत

     

     

    x +